महाकाली पुलबाटै वेपत्ता भएकी सुप विश्विद्यालयकी छात्राको नदीमै शव फेला


कञ्चनपुर । लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियानको उद्घाटनकै दिन कञ्चनपुरमा वेपत्ता भएधकी किशोरी छात्रा मृत भेटिएकी छिन । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत छात्रा कमला पाण्डेय मृत भेटिएकी हुन ।

बुधबार वेपत्ता भएकी छात्रा बिहीबार दोस्रो दिन पुलदेखि एक किलोतिर दक्षिण मृत भेटिएएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले पाण्डेयको शव पानीमा फेला परेको बताए ।

‘महाकाली नदीमै शब भेटाईएको छ, अब पोष्टमाष्टम गर्नका लागि महाकाली अस्पतालमा राखएको छ, ‘उनले भने, ‘घटना बारे थप अनुसन्धान जारी छ ।’ बैतडी पाटन ठेगाना भएकी बिबिएस पाचौँ सेमेयष्टरमा अध्ययनरत कमला पाण्डेय महाकाली चारलेन पुल क्षेत्रबाट वेपत्ता भएकी थिईन ।

चारलेन पुलमै पाण्डेयको झोला, पर्स किताब, परिचयपत्र, चप्पल भेटिएपछि उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । कञ्चनपुरका युवा समाजिक अभियन्ता अमिर तिरुवाले उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी यसरी वेपत्ता हुने कार्य दुखत भएको बताए ।

छोरी वेपत्ता भएपछि घर परिवारदेखि साथीभाई चिन्तित भएका छन । उच्च शिक्षा अध्ययन गर्ने शिक्षित विद्यार्थी यसरी महाकालीमा हाम फालेर आत्महत्या गरेपछि समुदाय समेत चिन्तित भएका छन ।

यस अघि पनि सुप विश्वविद्यालयका एक छात्राले केन्द्रीय क्याम्पसकै छाताबाट हाम फालेको थियो । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रमिक रुपमा छात्र, छात्राले छतदेखि पुलबाट नदीमा हाम फाल्ने घटनाले विद्यार्थी चिन्तित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img