कञ्चनपुर : कञ्चनपुरमा किसान क्रान्तिकारी नेता शहीद भीमदत्त पन्तको शताब्दीऔँ जन्मोजयन्ती मनाईएको छ । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले बिहीबार विवित कार्यक्रम गरेर किसान क्रान्तिकारी नेता शहीद भीमदत्त पन्तको शताब्दीऔँ जन्मोजयन्ती मनाईएको हो ।
राज्यबाट उपेक्षित गरिएका शहीद भीमदत्त पन्तको फोटोमा माल्र्यापणका साथै उनले किसानका लागि गरेको संघर्ष योगदानको चर्चा गरिएको थियो ।

अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले जन्मजयन्तीका साथै विवित कार्यक्रम गरेर दिवस मनाएको बताए । उनका अनुसार अन्तरकृयादेखि समाजकल्याण बाल अनाथालयका बालबालिकाहरुलाई खाद्यान्न एव शैक्षिक समाग्री वितरण गरिएको बताए । सचिव चन्दले अनाथ बालबालिकाहरुलाई कापि, कलम वितरणका साथै खाद्यान्न, फलफुल समेत दिएको बताए, अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरि प्रंशाद जोशीले राज्यले क्रान्तिकारी किसान नेता शहीद भीमदत्तप्रति अपेक्षा गरेको बताउँदै जनताको अधिकारका लागि जिवन नै उत्र्सग गरेका महान व्यक्तिहरुप्रतिको सम्मानमा जोडदिएका छन ।

समाजकल्याण बाल अनाथालयका सचिव लवराज भट्टले अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको सहयोगबाट केही दिन बालबालिकाहरुलाई शैक्षिक समाग्रीले पठन पाठनदेखि दैनिक छाक टार्न सुविधा हुने बताए ।











