कञ्चनपुर : पत्रकार राजेन्द्र विष्टले १९ दिन अघि आमा गुमाए । आमा गुमाएको महिना दिन नवित्दै आफु अस्थाएका छन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका विष्ट परिवारमा यति अकल्पनिय दुखान्त घटना भएको छ । विष्ट परिवारले महिना दिन नपुग्दै दुई सदस्य गुमाएको छ । आमाको क्रिरिया लगत्तै बिरामी परेका विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याएको थियो ।

गत २२ कार्तिकमा पत्रकार विष्टकी आमा विष्नादेवीको निधन भएको थियो । आमा गुमाएको १९औँ दिन १०मंसिरमा विष्टको निधन भएको छ ।
कलेजोमा समस्या देखिएपछि उपचारका लागि उनलाई सेती अस्पताल ल्याएको उपचारकै क्रममा बिहीबार निधन भएको परिवारस्रोतले जनाएको छ । राष्ट्रिय समाचार समिति केन्द्रंीय कार्यालय डेस्कमा कार्यरत पत्रकार विष्ट अढाई दशकदेखि पत्रकारितामा सकृय थिए ।

जिल्ला, प्रदेश मात्रै होईन सिङ्गो देशकै अग्रज, नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य एव एमाले निकट प्रेस चौतारी पुर्व उपाध्यक्ष समेत रहेका पत्रकार विष्टको निधनले घर परिवारदेखि पत्रकार सघ संगठन स्तब्ध भएका छन । नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस यूनियनदेखिका आम पत्रकारले दुख व्यक्त गरेका छन । दैवपनि कति निष्ठुरी भन्दै शोकाकुल भएका छन ।











