कञ्चनपुर । उज्यालो नेपाल पार्टीले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो पहिलो ऐतिहासिक स्थापना दिवस मनाएको छ् । शनिबार महेन्द्रनगरमा पार्टीकी जिल्ला अध्यक्ष रामेश्वरी रावलको अध्यक्षतामा स्थापना दिवस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम कुमाल, समाजसेवी प्रेम बहादुर चन्द, प्रेम ठगुन्ना लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दिया अवस्थीले स्वागत मन्तव्य राख्दै राष्ट्र संकटमा रहेका बेला युवा तथा बुद्धिजीवी वर्गले खबरदारी गर्नुपर्ने बताईन् ।


राष्ट्र निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीको स्थापना दिवसको शुभकामना व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य भीम कुमालले सही व्यक्तिलाई सही स्थानमा पुर्याउने लक्ष्यका साथ उज्यालो नेपाल पार्टी जनताको सेवामा समर्पित रहेको बताए । देशलाई समृद्धिको मार्गमा अघि बढाउन सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।


कार्यक्रममा केन्द्रीय नेता देखि जिल्ला, नगर तथा वडा तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।











