कञ्चनपुर : कञ्चनपुरको उत्तरी मटैना गाँउमा निःशुल्क आँखा शिबिर संचालन गरिएको छ । शनिबार भीमदत्त नगरपालिका ९मटैना गाँउमा निःशुल्क आँखा शिबिर संचालन गरिएको हो ।
लायन्स ब्लब अफ महाकाली ईन्जिनियर्स महेन्द्रनगर, नेपाल नेत्र ज्योती संघ गेटा महेन्द्रनगर आँखा अस्पतालको संयुक्त आयोजनामा ग्रामिण भेगमा निःशुल्क आँखा शिबिर संचालन गरिएको जनाएको छ ।

जिल्लाको उक्त उत्तरी गाँउ मालिकार्जुन आधारभूत विद्यालयको प्राङगणमा नागरिकको आँखाको समस्या निदानका लागि शिबिर पहकर्ता एव स्थानीय समाजसेवी युवा दिपेन्द्र सिह ऐरीले शिबिरमा सारसय बढी नागरिकले सेवा लिएको बताए ।
उनका अनुसार नेपाल नेत्र ज्योती संघ गेटा महेन्द्रनगर आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत बीर सिह धामीको सहितका नेत्रका चिकित्सक कर्मचारी एव लायन्स ब्लब अफ महाकाली ईन्जिनियर्स महेन्द्रनगरका पदाधिकारी स्थानीयहरुको समन्वय, सहकार्य सहभागितामा गाँउका ४सय ६ नागरिकले सेवा लिएका छन ।

जसमध्ये ४५जनाको सल्यकृया गर्नुपर्ने भएकाले आँखा अस्पताल महेन्द्रनगरमा बोलाईएको छ । ‘दुई बर्षका शिशुदेखि ९५उमेरसमुहका जेष्ठ नागरिकले शिबिरबाट सेवा लिएका छन, ‘उनले भने, ‘यो हामी सबैको पहल प्रयासबाट भएको हो ।’ शिबिरबाट ग्रामिण भेगका विपन्न नागरिकले घर आगनमै सेवा पाएपछि हर्षित भएका छन । आँखा अस्पताल महेन्द्रनगरका अध्यक्ष डा. भोजराज पन्तले पनि शिबिरबाटै सयौँ नागरिकको नेत्रको समस्या समाधान भएको बताएका थिए ।











