दिल देउवा काँग्रेस कञ्चनपुरको उपसभापतिको दौडमा


कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा प्रभावशाली नेता दिल बहादुर देउवा यस पटक जिल्ला पदाधिकारीको दौडमा देखिएका छन । सदा जिवन उच्च विचार सच्चा काँग्रेस पाटीको नीति, सिद्धान्त अनुरुप अहोरात्र जनतासंगै बसेर पाटीको लागि युद्धस्तरमा खटिने कञ्चनपुरका नेता देउवा जिल्ला उपसभापतिको दौडमा देखिएका हुन ।

तीन पटक जिल्ला सदस्यमै थन्किएका देउवा यस पटक १५औँ महाधिवेशनबाट हुन लागेको जिल्ला अधिवेशनबाट देउवा जिल्लाकै सेकेन पोजिसजनमा आउँन चाहन्छन । यस पटक काँग्रेस संस्थापन र देउवा पक्षले छुट्टाछुट्टै जिल्ला अधिवेशन गर्न लागेको छ । विगतका पाटी एकै हुँदा पनि देउवा जहिल्यै पनि जिल्ला सदस्यमै उठ्ने चुनाव जित्दै आएका थिए । काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र २ को क्षेत्रीय कोषाध्यक्ष र यस अघिका तीन महाधिवेशनमा जिल्ला सदस्यमै सीमित रहेका देउवा यस पटक जिल्ला कोषाध्यक्षकै दौडमा देखिएका हुन ।

उनले उम्मेदवारी दर्ता गरेसगै सहकर्मीहरुसंग छलफलमा जुटेका छन । ०४६ नेवि संघबाट सकृय राजनीतिमा रहेका उनको उपसभापतिमा उम्मेदवारीसंगै नेता कार्यकर्ताहरु उत्साहित भएका छन । कृष्णपुर नगरका स्थानीय समेत रहेका देउवा काँग्रेस नेतासंगै समाजिक क्षेत्रमा समेत उतित्तै अब्बल रहेका छन । काँग्रेस संस्थापन ईतर(देउवा) पक्षीय जिल्ला उपसभापतिको जिम्मेबारी पाएपछि उनले पाटी एकतादेखि सिङ्गो काँग्रेसदेखि जनताको हितमा काम गर्ने प्रतिज्ञा अघि सार्दै सहदेखिका मत मागिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img