कञ्चनपुर : कञ्चनपुरको महाकाली सिँचाई कार्यालयका कर्मचारी आन्दोलित भएका छन । महाकाली सिँचाई व्यवस्थापन कार्यालय मातहत रहेका ज्यालादारी कर्मचारी आन्दोलित भएका हुन । कार्यालयले चालु आर्थिक बर्ष ०८३÷०८४को दोस्रो चौमासिक १मसिरदेखि काममा नआउन क्षेत्रीय समिति, ब्लक मार्फत परिपत्र गरेपछि कर्मचारी आन्दोलित भएका छन । मंगलबार जिल्लाभरीका ५८ ज्यालादारी कर्मचारीहरुले कार्यालयको मुल गेटमै तालाबन्दी गरेर पुर्नबहालीको माग अघि सारेका हुन । कार्यालयले अपमानजनक ढङगबाट फिल्डमा अहोरात्र खटिने कर्मचारीहरुलाई निकालेर रोजीरोटी खोसिदिएको भन्दै अमानविय कदम बिरुद्ध सिधै कार्यालय पुगेर तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन । २४सै घण्टा किसान जनताका लागि भन्दै नरमै खटिने कर्मचारीमाथि कार्यालयले पुरस्कृत गर्नुको साटो अमानविय, अपमानजनक ढङगबाट निकाला गरिदिएपछि सिधै तालाबन्दी गर्न बाध्य भएका बताएका हुन ।

महाकाली सिँचाई प्रथम चरणमा कार्यरत चन्द्रसिह खडकाले बषौँदेखि काम गरेका कर्मचारीहरुलाई स्थायीको साटो बेईजती गर्ने हिसाबले हाजिर नगर्न परिपत्र गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । ‘हामीलाई कार्यालयले क्षेत्रीय समिति ब्लकहरुमा पत्राचार गरेको सुनियो, ‘उनले भने, ‘यस्तो अपमान गरेर हामीलाई कामकाजबाट निकालियो त्यस बिरुद्धका तालाबन्दी गरेका हौँ ।’ ०४९सालदेखि ज्यालादारीका रुपमा कार्यरत खडकाले आफुजस्तैँ बषौँदेखि कार्यरत कर्मचारीहरुमाथि अन्याय भएको दुखेसो पोखेका छन । महाकाली सिँचाई दोस्रो चरणमा कार्यरत कर्मचारी मदनराज भट्टले कार्यालयले यही मंसिर १ गतेदेखि हाजिरी नगर्दा उद्र्दी जारी गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा आएको बताए । उनले यस बारेमा बुझन कार्यालयमा आएको र उपलब्ध कर्मचारीहरुले उक्त समस्या आफुहरुबाट समाधान नहुने जे गछौँ भनेपछि तालाबन्दीमा उत्रिन बाध्य भएको बताए । ‘कार्यालयले हामीहरुलाई हाजिर नगर्न हटाएको पत्र कुनैपनि कर्मचारीहरुलाई दिईएको छैन, ‘उनले भने, ‘कार्यालयबाट क्षेत्रीय समिति हुँदै ब्लकमा पुगेको छ ।’ आफ्नो समाजिक सुुरक्षाका लागि बाध्य भएर तालाबन्दीमा उत्रिन पुगेको बताए । फिल्डको कामकाज छाडेर आफ्नो रोजिरोटीको सुुरक्षाका लागि भन्दै जिल्लाभरीका ५८ ज्यालादारीका कर्मचारीहरुले पुर्नबहाली नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

ज्यालादारी कर्मचारीको आन्दोलनका कारण स्थायी, अस्थायी कार्यालयमा कार्यरत बाहिरै बस्न बाध्य भएका छन । दशैँ, तिहार, छठसंगैका विभिन्न सार्वजनिक विदै विदापछि १मसिरदेखि संचालन भएको कार्यालयको पहिलो दिनमै तालाबन्दी भएपछि कर्मचारी बाहिरै बसेका थिए । महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका अध्यक्ष गंगादत्त भट्टले बषौँदेखि कार्यरत कर्मचारीहरुलाई हटाउन नहुने बताए । अध्यक्ष भट्टले विगतका बर्षएहरुमा विकास बजेट साढे तीन करोड आएको र यस चालु आर्थिक बर्षमा ८ करोड आउँदा समेत ज्यालादारी कर्मचारीहरुको झन पारिश्रमिक बृद्धिको साटो हटाउने कार्य अन्यायपुर्व हुने बताए । ‘अहिले गहुँको सिजन चलिरहेको छ, किसानलाई पानीको खाचो छ, ‘उनले भने, ‘नहरमा पानी सचालन आपूर्तिका लागि खटिएका कर्मचारी आन्दोलनमा हुँदा कसले नहर संचालन गर्छ, यसमा सिधै किसान मारमा पर्दैछन यस विषयमा सम्बन्धीत निकायको गम्भिर ध्यानाकर्षण होस ।’ उनले यस विषयमा कार्यालय, विभाग,मन्त्रालयदेखि सरकारले सोच्नुपर्ने बताए । नयाँ सरकार गठन भएको ८ महिनासम्म कञ्चनपुरका कुनैपनि कार्यालयमा तालाबन्दी नभएको तर पहिलो सिँचाईमा भएकाले आफुहरुमाथि अन्याय भएकै कारण तालाबन्दी गर्नु परेको उनको दुखेसो छ ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख बिरेन्द्र कुमार यादवले ज्यालादारी कर्मचारीलाई अहिल्यै नहटाएको दावि गर्दै उनले स्रोत अभावका कारण विभाग मन्त्रालय मार्फत नयाँ मापदण्ड निर्माण भएको बताए । उनले महाकाली सिँचाई जस्तै अन्य कार्यालयका कर्मचारीहरुको व्यवस्थापनका लागि राज्यको स्रोत बढी खर्चिनुपरेको भन्दै सिँचाई मन्त्रालयमा नयाँ मापदण्ड बनाउन आग्रह अनुरुप नयाँ निर्माण भएको बताए । ‘उहाँहरुलाई हटाएको होईन, भोली पैशा आएन वा कम वढी आए के गर्ने भन्ने विषयमा हामीहरुले नयाँ नहर संचालन कार्यबिधी ल्याउन लागेका हौँ, ‘उनले भने, ‘आफन माग राख्ने जायज भएपछि कार्यालय नै ठप्प हुने गरेर आन्दोलन गर्न नहुने हो ।’ उनले ज्यालादारी कर्मचारीहरुकै व्यवस्थापनका लागि आफुले विभाग, मन्त्रालय सहितका माथिल्ला निकायहरुमा छलफल, समन्वय अघि बढाईरहेको बताए । ज्यालादारी कर्मचारीले हटाएको भन्दै फिल्डमा काम छाडेर जिल्ला मुकाममा रहेको सिँचाईको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि कर्मचारीले पनि काम गर्न पाएनन् किसानले सिँचाई नपाउने अवस्थाको जिम्मेबारी कसले लिने नागरिक हैरान भएका छन ।










