अवको विकल्प मात्रै होईन, मुलुकमा व्याप्त वेतिथि र अराजकताको अन्त्य उज्यालो पार्टीले मात्र गर्छ : केन्द्रिय सदस्य कुमाल


कञ्चनपुर । मुलुकमा व्याप्त वेतिथि र अराजकताको अन्त्य उज्यालो पार्टीले मात्र गर्न सक्ने उज्यालो नेपाल पार्टीको केन्द्रिय सदस्य भिम कुमालले दावी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ मा आयोजित पार्टीको संगठन विस्तार तथा जनसम्पर्क अभियान कार्यक्रम अन्तर्गत उज्यालो नेपालका केन्द्रिय सदस्य तथा सामाजसेवी भिम कुमालले वर्तमान सरकारले सुशासन दिन नसकेको दाबी गरेको बताउदै उज्यालो नेपाल पार्टीलाई देशलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने राजनीतिक शक्तिका रुपमा जनताले विश्वास गरेको दाबी गरे । अवको विकल्पमा मात्र सीमित नभई उज्यालो नेपाल देशको प्रमुख पार्टी बन्ने उहाँको भनाई छ् ।

नयाँ राजनीतिक शक्तिको नारा लिएर आएको रास्वपा नेतृत्वको सरकारले पनि जनताको चाहना अनुसार काम गर्न नसकेको नेता भिम कुमालले टिप्पणी गरे । नयाँ सरकारको कार्यशैली र गतिविधि जनताले देखिसकेको उल्लेख गर्दै उहाँले सरकारको कामको समीक्षा गर्न पर्याप्त समय बितिसकेको बताउनुभयो । नेता कुमालले अहिलेको कार्यशैलीबाट देश अघि बढ्न नसक्ने जिकिर गर्दै उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बने हरित क्रान्ति र हरित रुपान्तरण मार्फत देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने दाबी गरे ।

पार्टीको संगठन विस्तार तथा जनसम्पर्क अभियान कार्यक्रममा समसामयिक राजनीतिक विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा ११ सदस्यीय वडा कमिटि गठन गरिएको उज्यालो नेपालका नेता श्याम सुनारले बताउनुभएको छ् । नगर क्षेत्रमा संगठन बिस्तार गरि स्थानिय निर्वाचनमा बहुमतले उज्यालो नेपालका उम्मेदवारलाई बिजय बनाउन जनता तयार रहेको उहाँले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img