कञ्चनपुर: जिल्ला दक्षिणी क्षेत्रमा आयोजित सर्वाधिक धनराशि चाँदीकप फुटबल प्रतियोगिताको फाइनलमा ‘हाम्रो एकता हाम्रो बल’ ले स्थान सुरक्षीत गरेको छ।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम युवा क्लब र ‘हाम्रो एकता हाम्रो बल’ बीच भएको रोमाञ्चक प्रतिस्पर्धामा ‘हाम्रो एकता हाम्रो बल’ ले ३–१ गोलको अन्तरले राम युवा क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

१६औँ रनिङ चाँदीकप फुटबल प्रतियोगिता–२०८३ को फाइनलमा ‘हाम्रो एकता हाम्रो बल’ महेन्द्रनगर र एपिएफ सुदूरपश्चिम उपाधिका लागि भिड्ने छन्।

प्रतियोगिताको उपाधिका लागि ‘हाम्रो एकता हाम्रो बल’ महेन्द्रनगर र एपीएफ क्लब सुदूरपश्चिमबीच आगामी कार्तिक १२ गते प्रतिस्पर्धा हुनेछ। कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको १६औँ रनिङ चाँदीकप फुटबल प्रतियोगिता–२०८३ पुनर्वास नगरपालिकामा सिद्धार्थ युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ।











