सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा निरन्जन प्रशाद विष्ट नियुक्त भएका छन । कञ्चनपुरका कानून व्यवसायी अधिवक्ता विष्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा निरन्जन प्रशाद विष्ट नियुक्त भएका हुन ।

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले नियुक्त तथा पदभार ग्रहण गराएका छन । प्रदेश सरकारको कानूनी सल्लाहकारमा नियुक्त भएका विष्टले ईमान्दारितापुर्वक प्रदेशका जनताको हितका काम गर्ने प्रण गरेका छन । झण्डै अढाई दशकदेखि कानून व्यवसायमा रहेका विष्ट सफल अब्बल कानून व्यवसायीका रुपमा चिनिन्छन ।


Loading Viewer...

ताजा समाचार

spot_img