महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना भएको सातौँ फारवेस्ट कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सनिवार आयोजना भएको एक दिवसीय सातौँ फारवेस्ट कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगिताको उपाधी आदर्श इङलिस बोइङ स्कुल पुनर्वास नगरपालिका- ११ जितेको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काको प्रमुख आतिथ्यतामा सातौँ फारवेस्ट कप आधारभूत तह विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयबाट २७ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि आदर्श ई.बो. स्कुल पुनर्वास न.पा- ११, कञ्चनपुरले हात पारेको छ। चैतन्य पाठशाला, धनगढी, कैलाली उपविजेता भन्न सफल भयो।
प्रतियोगितामा आदर्श ई.बो. स्कुलका रोहित खत्री उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, चैतन्य पाठशालाका कुशल कुँवर सर्वाधिक गोलकर्ता तथा आदर्श ई.बो. स्कुलका प्रेम बिष्ट उत्कृष्ट गोलरक्षक घोषित भए। त्यसैगरी फारवेस्ट ई. स्कुलका शेरबहादुर बयाडी उदयीमान खेलाडी र चैतन्य पाठशालाका टेकबहादुर भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
प्रतियोगिताको विजेता टिमले ५० हजार आकर्षक ट्रफी प्रमाणपत्र मेडल र उपविजेता टिमले २५ हजार आकर्षक ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। भने उत्कृष्ट खेलाडीले ५ हजार , सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र उदयीमान खेलाडीले समान तीन हजार पुरस्कार जितेका छन्।
प्रतियोगितामा विजेता, उपविजेता तथा विभिन्न विधातर्फ उत्कृष्ट घोषित सम्पूर्ण टोली, खेलाडी तथा प्रशिक्षकलाई आयोजकले हार्दिक बधाई तथा आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गरेको छ। विद्यालयस्तरबाटै खेलाडीको प्रतिभा पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले बालबालिकामा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक भावनाको विकासमा योगदान पुर्याएको आयोजकले जनाएको छ।











