अब गंगा भट्टको काँधमा महाकाली सिँचाई केन्द्रीय समिति


कञ्चनपुर: महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा सिँचाईकर्मी गंगा भट्ट निर्वाचित भएका छन । कञ्चनपुर स्थित रहेको महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगा भट्ट निर्वाचित भएका हुन । शनिबार सम्पन्न भएकोे मतदान अनुरुप भट्टले आफ्ना प्रत्यासी भीम बहादुर थापालाई २मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएको निर्वाचित समितिले जनाएकोे छ ।

भट्टले ६८ र थापाले ६६मत ल्याएका थिए । यस्तै उपाध्यक्ष तर्फ यज्ञराज भट्ट नै निर्वाचित भएका छन । भट्टले आफ्ना प्रतिस्पर्धी दिल बहादुर कुवरलाई १८मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन । भट्टले ७५ र कुँवरले ५७ मत ल्याएका थिए । यस अघि जल उपभोक्ता सघ प्रथम चरणको नेतृत्व गरिसकेका भट्ट र हाल केन्द्रीय अध्यक्षमै रहेका थापाविच केन्द्रीय अध्यक्षका लागि चुनाव प्रतिस्पर्धा भएको थियो ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका भट्ट पुर्व विद्यार्थी नेता हुन । उनले नेवि संघ जिल्लाको नेतृत्व लिईसकेका थिए । विद्यार्थीमा हुदा समेत विद्यार्थीको हक अधिकारका लागि सकृय रहेका भट्ट पछिल्लो समय पाटीगत राजनीतिदेखि समाजिक क्षेत्रमा सकृय छन । उनी अहिले किसानका क्षेत्रमा कार्यरत रहेर सिँचाई क्षेत्र रोजेका छन । समितिमा यस अघि अन्य पदाधिकारी र सदस्य पदमा निर्बिरोध निर्वाचित भएका थिए ।

महासचिव अशोक सिह साउद, सचिव गोपाल सिह कुँवर, कोषाध्यक्ष दिलिप बढाऐर सहितका सदस्य निर्बिरोध निर्वाचित भएका छन । १सय ३४ मतदाताले अध्यक्ष र उपाध्यक्षमा मात्रै चुनाव भएकोे थियो । केन्द्रीय अध्यक्षमा निर्वाचित गंगादत्त भट्टले समग्र सिँचाई प्रणाली सुधार गर्दै किसानको खेतसम्मै पानी पु¥याउने बताएका छन । भट्टले कृर्षिमा आत्मनिर्भरका लागि सिँचाई महत्वपूर्ण भएकाले समयमै शिघ्र सिँचाईका कार्यक्रम अघि बढाउने एजेण्डा बोकेका छन । भट्टले मतदानमा प्रत्यक्ष, अप्रत्यक्ष भुमिका निर्वाह गर्ने महानुभावप्रति हार्दिक आभार प्रकट गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img