बेलडाँडी १ देउवा पक्षीय काँग्रेस वडा सभापतिमा विष्ट


कञ्चनपुर: नेपाली काँग्रेस संस्थापन ईतर(देउवा पक्ष) कञ्चनपुर बेलडाँडी १को वडा सभापतिमा महेश विष्ट निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार सम्पन्न भएको काँग्रेस पक्षीय वडा अधिवेशनबाट विष्ट वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।

पाटी वडाको नेतृत्व पाएसंगै उनले पाटीलाई वडामा एकत्रित एकढिक्का भएर लग्ने प्रतिज्ञा गरेका छन । बेलडाँडीका युवा व्यवसायी समेत रहेका विष्ट विगतमा शैलेश्वर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जिम्मेबारी निर्वाह गरिरहेका थिए ।

वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका विष्टलाई प्रमाण पत्रका साथै सहकर्मीहरुले बधाई ज्ञापन गरिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img