तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिताको भव्य उद्धाट्न

अन्तरविद्यालय सेभेन–ए–साइड छात्र यू–१६ तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता–२०८३ को भेट्रान मैत्रीपुर्णको उपाधी प्याब्सनले जित्यो!


कञ्चनपुर: महेन्द्रनगरमा ज्ञान भण्डारको आयोजना तथा कञ्चनपुर जिल्ला फुटबल संघको सहकार्यमा “अन्तरविद्यालय सेभेन–ए–साइड छात्र यू–१६ तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता–२०८३” को भब्य उद्धाटन भएको छ।

विद्यालय तहमा फुटबल खेलको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान तथा विकास गर्ने र विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्धाटन कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले गर्नुभएको हो।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी हुने भएका छन्। सहभागीमध्ये ९ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन्। प्रतियोगिताका खेलहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन छन।

प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रतियोगिताको उद्घाटन असोज १६ गते गरिएको छ भने प्रतियोगिता घटस्थापना अर्थात् असोज २५ गते सम्पन्न हुने छ।

प्रतियोगिताको विजेता टोलीले रु. ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले रु. ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादन तथा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले कञ्चनपुरमा विद्यालयस्तरीय फुटबलको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सभापतित्वमा मेघराज बोहरा प्रमुख अतिथिमा कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि खेलप्रेमी खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजना गरिएको भेट्रान फुटबलमा चार टोलि कञ्चनपुर उद्योग वाणिज्य संघ, कञ्चनपुर पत्रकार, प्याब्सन र एन-प्याब्सन बिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलको फाइनलमा प्याब्सन र एन-प्याब्सन बिच रोमाञ्चक खेल भएको थियो । २-११ गोलको अन्तरले प्याब्सनले एन-प्याब्सनलाई हराउदै उपाधी जितेको प्रतियोगिता संयोजक गौरभ बोहराले बताउनु भयो।


Loading Viewer...

ताजा समाचार

spot_img