निलगाईले खेती खान थालेपछि दोधाराका किसान हैरान


दोधारा

निलगाईले अन्नबाली नोक्सानी हुने गरेको कुरा दोधारा चाँदनी नगरपालिका किसानहरुको लागी नौलो होइन् । तर अहिले आएर दोधाराका किसानहरुले लगाएको गहुँ खेती नष्ट गर्न थालेपछि थप हैरानी खेप्न थालेका छन् । माहाकाली नगरपालिका वडा नं. ६, ७ र ९ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सिमा क्षेत्रको सामुदायिक बन नजिकका बस्तीमा बसोबास गर्ने किसानहरुले लगाएको गहुँवाली निलगाईले खाएर, उधनेर नष्ट गर्न थालेपछि उनिहरुले हैरानी खेप्नु परेको हो । ‘बस्तीको नजिक भएकोे खेती मात्र जोगिन्छ, बस्ती देखि टाढा तथा सामुदयिक बन नजिकका स्थानको खेती जोगाउन नसकेर हैरान पार्न थाल्यो, रातभरी निलगाई धपाउनै रात बित्छ, भरखरै लगाएको गहुँवाली निलगाईको बथानले नष्ट गर्न थाल्यो’ स्थानियहरु भन्छन् ।

रातीको समयमा गहुँ खेतमा खाएर उधनेर नष्ट गर्ने र बिहान पख शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा नजिक रहेको सामुदायिक बनमा निलगाई लुक्ने गरेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको संसारीमाई मध्यवर्ती सामुदायिक बन निलगाईहरुको बासस्थान बनेको छ् । सामुदायिक बनमा ठुला रुख संग घना जंगल भएको कारण निलगाईलाई लुक्न सहज भएको छ् । भरखरै लगाएको गहुँ खेती निल गाईले खाएर तथा उधनेर नष्ट गर्न थालेको स्थानिय किसान गणेश बहादुर सुनारले बताएका छन् । सामुदायिक बनमा बस्दै आएको निलगाई मात्रै नभई बदेंल तथा वन्यजन्तुहरुको आतंकले उत्पादन गर्न नपाएपछि वर्षभरी मेहनत खेर गईरहेको स्थानियहरुको पीडा छ् । ‘सामुदायिक बन नजिक खेती भएका किसानहरुले रातभरी सम्म निलगाई धपाउन खेतमै बास बस्ने गरेका छौं’ स्थानिय गणेश बहादुर सुनारले भने ।

सामुदायिक बन तथा आसपासको क्षेत्रमा रातीको मसमयमा हुल बाँधेर खेतवारीमा पस्ने गरेको बताईएको छ् । दर्जनौ संख्यामा निलगाई हुल बाँधेर भरखरै लगाएको खेती खान थालेपछि स्थानिय किसानहरुमा पिडा थपिएको छ् । दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सिमा तथा भारतिय जंगल संग गाँसिएका बस्तीहरुमा रातमा झण्डै १ सय बढी निलगाई बस्तीको खेतवारीमा पस्ने गरेको अनुमान गरिएको छ् । यहाँका स्थानीयको मुख्य पेशानै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर निलगाई तथा अन्य वन्यजन्तुबाट बर्सेनी कृषि उपज नष्ट गर्ने गरेको कारण समस्या भएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलहरु संग जोडिएका बस्तीहरुमा निलगाई तथा वन्यजन्तुहरुको उस्तै विगविगी बढेको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छाडा चौपाया संगै वन्यजन्तुबाट हैरान खेप्दै आएका किसानहरूले सरकारले दीर्घकालीन समस्या समाधानको माँग राख्दै आएका छन् । जंगली जनावरले वर्षभरि खाने अन्नबाली सखाप पार्दै आएको भन्दै दोधारा क्षेत्रका किसानहरुले मध्यवर्ती व्यवस्थापन समितिलाई गुहार्दै आएका छन् । ‘रातिको समयमा आउने निलगाईको बथानलाई धपाउन रातभरी साइरन बजाउने, थाली बजाउने, पटका पड्काउने तथा आगोको धुनी बाल्दै अनेकौं उपाय अपनाउने गरेका छौं । तर, पनि हामीबाट नियन्त्रण हुने देखिएन ।’ स्थानीय भन्छन् । वन्यजन्तुले खेती खान थालेपछि छाक टार्न समस्या पर्दै आएको स्थानियहरुको चिन्ता रहेको छ् ।


ताजा समाचार

spot_img