मझगाउँ विमानस्थल निर्माणबारे महत्वपूर्ण छलफल, यसै वर्ष टर्मिनल भवनको काम अघि बढ्ने


कञ्चनपुर : कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण तथा सञ्चालनका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच महत्वपूर्ण छलफल तथा निर्णय भएको छ।कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महताले विमानस्थल निर्माणलाई अघि बढाउने विषयमा तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य गर्ने गरी छलफल भएको जानकारी दिनुभएको छ।

सांसद महताका अनुसार मझगाउँ विमानस्थलको टर्मिनल बिल्डिङ निर्माणको काम यसै वर्षदेखि अघि बढाइनेछ। विमानस्थल निर्माणको बाँकी कामलाई गति दिन सम्बन्धित निकायबीच थप समन्वय गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो।

मन्त्रालयमा सुदुरपश्चिम प्रदेश सरकार मन्त्री प्रकाश रावल, भिमदत्त नगरपालिका उपमेयर निलम लेखक जोशी र दोधारा चाँदनी नरपालिकामा का नगर प्रमुख किशोर लिम्बु लगायत सरोकार वाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। लामो समयदेखि निर्माण प्रक्रिया अघि बढ्न नसकेको मझगाउँ विमानस्थल सञ्चालनमा आएपछि कञ्चनपुरसहित सुदूरपश्चिमको पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img