स्थानिय निर्वाचनको तयारीको लागी जनता संग छलफल भईरहेको छ् : रास्वपा नेता कुमाल


कञ्चनपुर । स्थानीय निकायको निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आएर टोल कमिटी गठन कार्यमा लागेको छ् । संगठन सुद्धिकरण पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले टोल बस्तीमा पुगेर संगठन बिस्तार र पार्टी सुद्धिकरणमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । पार्टीले जनताले दिएको विश्वास गुम्न नदिन स्थानीय निकाय निर्वाचनमा उठ्न सक्ने मुद्दा र स्थानीय जनताका माँग सम्बोधनका बारेमा पार्टीका अगुवा कार्यकर्ताहरुलाई निर्देशन समेत गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा रास्वपाको दुई तिहाईमा रहेको र स्थानिय तहमा समेत रास्वपाको सरकार भए स्थानिय तहमा बिकास हुने जनताले भनिरहेको अवस्थामा स्थानिय तहको निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा रास्वपाको बिजय निश्चित रहेको नगर सभापतीले बताउनुभयो । ‘स्थानिय तहमा जनताले रास्वपालाई बिजय बनाउन निश्चीत गरिसकेका छन्’ नगर सभापती पुरन कुमालले भने, ‘अवको स्थानिय तहमा हाम्रो जित पक्का छ्. ।’

स्थानिय निर्वाचनमा कसरी पार्टीलाई अघि बढाउने भन्ने बिषयमा पार्टीका केन्द्र, क्षेत्र, प्रदेश, जिल्ला तहका नेता तथा जनता संग छलफल गर्दै आएको रासवपा दोधारा चाँदनी नगर सभापती पुरन कुमालले बताउनुभएको छ् । विद्यमान शोषण, उत्पीडन र विभेदका समस्यालाई सम्बोधन गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक सहित समग्र विकासको बाटोमा पार्टी अघि बढ्ने उहाँको भनाई छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img