हाम्रो बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न


कञ्चनपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। १८औँ वार्षिक साधारणसभा मनाउँदै गर्दा सहकारीले सदस्यहरूमा बचत गर्ने संस्कारको विकास गर्ने, बचत संकलन गर्ने तथा आवश्यकता अनुसार सहज र उत्पादनमुखी ऋण प्रवाह गर्दै आएको संस्थाका अध्यक्ष नरसिंह धामीले बताए।

‘संस्थाले विभिन्न प्रकारका बचत तथा ऋण सेवामार्फत सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्दै उनीहरूको जीवनस्तर उकास्न प्रयास गरिरहेको छ,’ अध्यक्ष धामीले बताए। कार्यक्रममा संस्थाका अध्यक्ष नरसिंह धामीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष धामीले सहकारी क्षेत्रमा देखिएका विभिन्न चुनौती, आर्थिक मन्दी तथा केही संस्थाका कारण उत्पन्न अविश्वासका बाबजुद पनि आफ्नो सहकारी संस्थाको वित्तीय अवस्था सन्तोषजनक र सुदृढ रहेको बताए।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष नारायण चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष चन्दका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको नगद मौज्दात रु. ६ लाख ३९ हजार ८ सय ४० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, बैंक मौज्दातमा रु. ६९ लाख ४४ हजार ८ सय ४८ रुपैयाँ ६३ पैसा रहेको तथा बैंक मुद्दती निक्षेपमा रु. ७५ लाख रहेको उनले बताए।

संस्थाका अध्यक्ष नरसिंह धामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक तथा संस्थाकी सदस्य विना दाहाल प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरेन्द्र ओझाले गरेका थिए। वार्षिक साधारणसभामा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img