महाकाली चार लेनको पक्की पुलमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम


दोधारा । दोधारा चाँदनीमा चारलेन पुल क्षेत्रको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। हिमालयन मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा शनिबार चारलेन पुल क्षेत्रमा सरसफाइ गरिएको हो।

स्थानीय संघसंस्था, सिवीपीएयु, ख्यालिपियन, ईको क्लब लगायत सरोकारवालाहरूको समन्वयमा आयोजित कार्यक्रममा पुल तथा आसपासको क्षेत्रमा रहेका फोहोर संकलन गरी सरसफाइ गरिएको थियो।

हिमालयन मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले सुदूरपश्चिमकै गौरवको योजना तथा दोधारा चाँदनीको पर्यटकीय क्षेत्रका रूपमा चारलेन पुलमा पछिल्लो समय मानिसहरूको भिडभाड बढ्दै गएकाले सरसफाइसँगै जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालयन मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, विद्यार्थी, स्थानीय संघसंस्था, सिवीपीएयु, ख्यालिपियन, ईको क्लब लगायतको सहभागिता रहेको थियो।

आयोजकले चारलेन पुल क्षेत्रलाई स्वच्छ, सफा र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासी तथा पर्यटक सबैलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बन्न आग्रह गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img