सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय


धनगढी : सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर पर्न सक्ने भन्दै बजेट निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा बैठकमा सहमति जुटेको हो ।

बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थालाई समेत ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरी बजेट निर्माणको कामलाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । सर्वदलीय सहमतिसँगै अब प्रदेश सरकारलाई बजेट निर्माण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img