महेन्द्रनगर मावि साधारण स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारीद्वारा वाढीपीडितलाई आर्थिक सहयोग


कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयले भोटेकोशीका वाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)ले वाढीपीडितको राहतका आर्थिक सहयोग गरेको हो ।

विद्यालयका शिक्षक बसन्त भट्टले विद्यार्थीबाट ३० हजार, ३सय ५०, शिक्षक, कर्मचारीबाट ३० हजार गरेर जम्मा ६० हजार ३सय ५०रुपैया आर्थिक सहयोग गरेको बताए । विद्यार्थीले खाजा खर्च र शिक्षक, कर्मचारीले तिज विषेश कार्यक्रमबाट उक्त रकम वाढीपीडितलाई सहयोग गरेको छ ।

अब्बल सामुदायिक विद्यालयका विद्यार्थी, कर्मचारीदेखि शिक्षकले यसरी राष्ट्रिय विपद्मा आर्थिक राहत सहयोग गरेका छन । उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्दार राहत कोषमा जम्मा गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img