कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले ६०औँ पटक रक्तदान गरेका छन । वडा सदस्य बस्नेतले हालसम्म गरेर ६०औँ पटक रक्तदान गरेका हुन । २४भदौँ(बुधबार) पनि बस्नेतले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रमा रक्तदान गरेको जनाएका छन ।

विगतदेखि निरन्तर रक्तदान गर्दै आएका बस्नेतलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा रक्त संचार केन्द्र ल्याब इन्चार्ज नरेन्द्रदेव जोशी, रक्त सेवा सचार समितिका सयोजक सिद्धराज भट्ट, मन्त्री रघुनाथ भट्ट र सभापति टेकराज उप्रेतीले प्रसंसा पत्र प्रदान गरेका छन । वडा सदस्य बस्नेतले समाजिक सेवाका लागि रक्तदान गरेको बताएका छन ।











