प्रदेश प्रमुख र मुख्यमन्त्री बिच भेटवार्ता


कैलाली : प्रदेश प्रमुख नजिर मिया र मुख्यमन्त्री खगराज भट्टबिच भेटवार्ता भएको छ । सरकारको न्युनतम साझा कार्यक्रम सार्बजनिक भएसङ्गै मुख्यमन्त्री खगराज भट्ट न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउन र आगामी बजेटका विषयका बारेमा छलफल गर्न प्रदेश प्रमुख कहाँ पुग्नु भएको थियो ।

मुख्यमन्त्री भट्टले सरकारको न्युनतम साझा कार्यक्रमका बारेमा प्रदेश प्रमुख मियालाइ जानकारी गराउनु भएको थियोे । प्रदेश प्रमुख र मुख्यमन्त्री बिच आगामी बजेटका बारेमा समेत छ्लफल भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img