कञ्चनपुर : बेलडाँडी फुटबल एकेडेबी‘बी’ टिमलाई ९औँ बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी पाईएको छ । अल स्टार युवा क्लबको आयोजनामा संचालन भएको बेलडाँडी खुला नकआवट फुटबल प्रतियोगिता ०८३को उपाधी बेलडाँडी फुटबल एकेडेमी‘बि)लाई पाईएको हो । ओजी ग्रुफलाई ३–०गोल फराकिलो अन्तरले हराउँदै उपाधी चुमेको छ । घरेलु मैदानमै फाईनल प्रतियोगिताका लागि प्रतिस्पर्धा गरेका दुवै टिमलाई दर्शकदिर्घामा उत्तिकै हुटिङ्ग भएपनि बेलडाँडी एकेडेमीले पहिलो आफमै १ र त्यसपछि २ गोल हानेर जित सुरक्षित राखेको थियो ।

बिजेता टिम बेलडाँडी फुटबल एकेडेमीलाई ८३हजार नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको छ । भने, उपबिजेता ओजी गु्रफले ४५ हजार सहित प्रमाण पत्र मेडलमा चित्त बुझाउनु¥यो । सुदूरपश्चिमेलीहरुको महान गौरा पर्वको अवसरमा हरेक बर्ष बेलडाँडी गाँउपालिका १ चन्दनबस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै मैदान प्रयोग गर्न गर्दै आएका छन । बेलडाँडी एकेडेमीका श्याम बयाडीले म्याद दी टुनामेष्ट, उच्च गोलकर्ता र उत्कृष्ठ डिफेन्स घोषित भए । विजेता बेलडाँडी एकेडेमीकै गोलकिपर लोकेश साउद उत्कृष्ट गोल रक्षक भएका थिए । विजेता टिमकै करन पाल वेष्टमिटर, ओजी ग्रुफका अबिनास ऐडी राईजिङ्ग प्लेयर भएका थिए । पहिलो पटक फाईभ प्रसारण समेत गरेर घरमै दर्शकलाई अवलोकनका लागि सुविधा पु¥याएको आयोजकले जनाएकोछ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीमा खेलकुद बृद्धि विकासका लागि पालिकाबाट सक्दो सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रम बिशिष्ट अतिथि समेत रहेका कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बेलडाँडीमा पनि स्तरिय खेलकुद मैदानदेखिका आवश्यक सरचना स्तरिय बनाउनुपर्नेमा जोडदिए । सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बेलडाँडी पछिल्ला बर्षहरुमा फुटबल प्रतियोगितामा उत्कृष्टता प्रकट गर्दै आएको बताए । अल स्टार युवा क्बलका प्रमुख सल्लाहकार दिर्घ बहादुर सिहले बेलडाँडीमा खेलकुद मैदान अभाव भएकाले सरोकारवालाले यस तर्फ जोडदिएका छन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै अल स्टार क्लबका सचिव विकास सिह महताले ग्रामिण भेगमा खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रतियोगिता अवधिभर प्रथमिक उपचारमा खटिएका बेलडाँडी १ स्वाथ्य चौकीका इन्चार्ज हंश बहादुर थापा, कुहिनुर स्पाका संचालक देवेन्द्र शाह सहितका सरोकारवाला सहित स्वयम सेवकाहरुलाई समेत सम्मान गरिएको थियो । अल स्टार युवा क्लबका उपाध्यक्ष एव खेल संयोजक मनोज खडायतले प्रतियोगितामा सहयोगीहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अल स्टाल युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सफल पार्नका लागि सहयोगी महानुभावहरुप्रति आभार प्रकट गरेका छन । १४ भदौँदेखि शुरु भएको प्रतियोगिता २१ भदौँमा समापन गरिएको छ । विगत ९ बर्षदेखि लगातार प्रतियोगिता संचालन गर्दै आएको क्लबले आगामी दिनमा समेत थप स्तरिय बनाउने सकल्प लिएको छ ।










