कञ्चनपुर: कञ्चनपुरको उत्तरी भेग ब्रम्हदेबमा समुदाय स्तरबाटै क्रिकेट मैदान निर्माण गरिएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब ग्रामिण भेगमा समुदाय स्तरबाटै क्रिकेट मैदान निर्माण गरिएको हो ।

क्रिकेटका खेलाडीका लागि अभ्यास गर्न र नयाँ ईच्छुक खेलाडीका लागि सिक्नका लागि मैदान नभएपछि स्थानीय जुटेर क्रिकेट मैदान निर्माण गरेका छन । स्थानीय समेत रहेका कञ्चनपुरका युवा अगुवा दिपेन्द्र सिह ऐरीले गाँउमा क्रिकेट मैदान नहुँदा खेलाडीको समस्या बुझेर स्थानीय मिलेर श्रमदान गरेर क्रिकेट मैदान निर्माण गरिएको बताए । उनका अनुसार अभ्यासका लागि पिच सहितको मैदान निर्माण गरिएको छ ।

क्रिकेट मैदानकै लागि तीनै तहका सरकारले लाखौँ बजेट दिएपनि सीमाबर्ती ब्रम्हेदब गाँउका स्थानीय समेत राज्यको लगानी बिनै आफ्नै सन्तानको भविष्यका लागि श्रमदान गरेर क्रिकेट मैदान निर्माण गरेका छन । गाँउमै क्रिकेट मैदान निर्माण भएपछि क्रिकेटका खेलाडीलाई सुविधा भएको छ ।











