बाल विवाह अन्त्यमा जोड


कञ्चनपुर : कञ्चनपुरमा बाल विवाह अन्त्यमका लागि सरोकारवाला निकायले जोड दिईएका छन । पेशवान नेपालले आईतबार महेन्द्रनगरमा आयोजना गरेको संचारकर्मी अभिमुखिकरण कार्यक्तममा सरोकारवालाले बाल विवाह अन्त्यमा जोडदिएका हुन । ‘उत्थानशिल भविष्य : नेपालमा बाल विवाहको अन्त्य परियोजना’ बारे आयोजित छलफलमा बाल बिवाह अन्त्यको विकल्प नभएको बताएका छन । नेपालमा २० बर्ष अघि विवाह कानुनी मान्यता नपाउने भएकाले अब समाजिक सुुरक्षाका लागि बाल बिवाहको अन्त्य गर्नुपर्नेमा जोडदिइएको छ । कार्यक्रममा पेशवानका सदस्य दमन बहादुर चन्दले कैलाली कञ्चनपुरमा बाल विवाह अन्त्यका लागि थुप्रै समाजिक कार्यक्रम संचालन गरिएको बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरका ३० हजार, ७३० विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएकोछ । उनका अनुसार विभिन्न ५० वटा स्थानमा आँखा शिविर सञ्चान गरी १२ हजार २३४ जनाको आँखा जाँच जसमा ३ हजार ६०७ जनालाई चस्मा तथा १ हजार ७५१ जनाको अप्रेसन गरिएको, कञ्चनपुरका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर वितरण, दोधारा चाँदनी नगरपालिकाका २५० बाढी प्रभावित घरधुरीलाई खाद्यान्न तथा अन्य सामग्री वितरण ५५ जनालाई व्यवशाय सुरुवातमा सहयोग, २ वटा सेफ हाउस निर्माण १ मर्मत २ वटा बन्ने तयारीमा , ५ वटा दुना टपरी मेसिन वितरण , ६ वटा बोरिङ, ४ वटा उचोधारा, ४ वटा जैविक (१५सय मिटर) पालिका, जिल्ला विपद आपतकालिन केन्द्रहरुलाई आपतकालिन उद्धार सामाग्री वितरण, ३ वटा बहुविपद पुर्व चेतावनी साईरन जडान २ मर्मत, ६ वटा विद्यालयमा हिट रिफ्ल्याक्टिभ पेन्ट लगाईयो , २ वटा सहकारीबाट सञ्चालित दुग्ध संकलकेन्द्र लाई ४ लाख बढीको सामाग्री सहयोग, २–२ वटा ई–रिक्सा लोडर सहयोग, सोलार सहयोग गरिएको छ । यस्तै ‘उत्थानशिल भविष्य ः नेपालमा बाल विवाहको अन्त्य परियोजनाका सयोजक लक्ष्मण सिह विष्टले कार्यक्रम मार्फत बाल विवाह अन्त्य गर्ने कार्यक्रम संचालन गरिएको बताए ।

उनले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा समेत कार्यक्रम संचालन गरिएको छ । महिला, बालबालिका लक्षित गरेर कार्यक्रम संचालन गरेर बाल विवाह अन्त्यका कार्यक्रम संचालन गरिएका छन । कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बाल विवाह रोक्नका लागि विद्यमान ऐन व्यवस्था भएपनि फेरीपनि बाल विवाह नरोकिएको बताए । बाल विवाह अन्त्यका लागि सुुदूरपश्चिम प्रदेश सरकार सहित कञ्चनपुरका पालिका सरकारले समेत प्रयास थालेको बताए । उनका अनुसार सरकारी तथ्याङ्क अनुसार पनि सुदूरपश्चिम सहित नेपालमा बाल विवाह निरन्तर भईरहेको छ । यसलाई रोक्नका लागि संचारकर्मीले भूमिका निर्वाहमा जोडदिए । कार्यक्रममा पेशवानका सदस्य हरिहर परियारले समेत भविष्यमा महिला मात्रै होईन सिङगो परिवार, समुदाय राष्ट्रलाई क्षति भईरहेको बताए । कार्यक्रममा संचारकर्मी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img