भीमदत्त १३ समुदाय स्तरिय सरसफाई कार्यक्रम


कञ्चनपुर, : कञ्चनपुरको भीमदत्त नगरपालिका १३समुदाय स्तरिय सरसफाई कार्यक्रम गरिएको छ । पेशवानको आयोजननामा शनिबार सार्वजनिक विदाका दिन भीनपा १३मा सरसफाई गरिएको हो ।. अष्टे«लियन एडाको आर्थिक सहयोग प्लान ईन्टरनेशनल नेपाल र पेशवानको संयुक्त आयोजनामा बाल विवाह अन्यका लागि संचालित भविष्यको कार्यक्रम अन्र्तरगत वडा नं. १३ मा गठित उज्वल किशोरी क्लबको अगुवाइमा समुदायस्तरीय सरसफाइ कार्यक्रमसम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमासरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृधि गर्नु, वातावरणीय स्वच्छता कायम राख्नु तथा किशोरीहरूको नेतृत्व र सामाजिक सहभागिता प्रवर्द्धन गर्नुरहेको थियो।

कार्यक्रममा उज्ज्वल किशोरी क्लबका सदस्यहरूको सक्रिय सहभागितामा समुदायका विभिन्न स्थानमा सरसफाइ गर्नुका साथै फोहोरमैला उचित स्थानमा व्यवस्थापन गर्ने र आफ्नो घर तथा समुदायको वातावरण स्वच्छ राख्न समुदायका सदस्यहरूलाई अभिप्रेरित गरिएको थियो।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं। १३ का जनप्रतिनिधि, सुरक्षाकर्मी, समुदायका अगुवा तथा स्थानीय समुदायका सदस्यहरूसहभागितारहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img