कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको हरियाली एग्रो सेन्टरले शिव महिला कृषी समुहलाई बिउ बितरण गरेको छ् । हरियाली एग्रो सेन्टरले शिव महिला कृषी समुहमा रहेका ४० जना महिलाहरुलाई बिभिन्न प्रकारका तरकारीका बिउ बितरण गरेको हरियाली एग्रो सेन्टरका सञ्चालक राम बहादुर शाहीले जानकारी दिनुभएको छ् ।

समुहमा आबद्ध महिलाहरुलाई ४ प्रकारका बिउ बितरण गरिएको उहाँले बताउनुभयो । मुला, रायो लगाएत तरकारीको बिउ बितरण गरिएको सञ्चालक शाहीले बताउनुभयो । महिलाहरुलाई आर्थिक पार्जनमा सघाउ पुगोस भन्ने अभिप्रायले हरियाली एग्रो सेन्टरले निशुल्क तरकारीको बिउ बितरण गरिएको हो ।











