कञ्चनपुर: सुदुरपश्चिमका एक युवा निर्माण व्यवसायी प्रदेश निर्माण व्यवसायी महासंघ सल्लाहकारमा चयन भएका छन ।
कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी पदमराज बोहार सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ सल्लाहकारमा चयन भएका हुन ।

४ भदौँ ०८३ सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको बैठकले बोहरालाई प्रदेश सल्लाहकारमा मनोनित गरेको जनाएको छ ।. सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण कुँवर स्वाँरले बोहराको आवश्यकता अनुरुप प्रदेश सदस्यमा मनोनित गरेको बताएका थिए । निर्माण व्यवसायी संघ कञ्चनपुरका निर्वतमान उपाध्यक्ष समेत रहेका बोहरालाई प्रदेश महासंघको सल्लाहकार जिम्मेबारी दिईएको छ ।

शुक्रबार एक कार्यक्रमका विच सल्लाहकार सहितका अन्य मनोनित भएका सदस्यहरु दिपकराज भट्ट, लोक बहादुर ठगुराठी, प्रेम प्रकास भट्टलाई समेत सपथ तथा पदभार ग्रहण गराईएको छ । .प्रदेश महासंघ सल्लाहकारमा मनोनित भएका युवा निर्माण व्यवसायीले आफुलाई पार्ईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने संकल्प दिएका छन । अमृत कन्स्ट्रक्सन प्रालिका संचालक समेत रहेका बोहरा विश्वासिला निर्माण व्यवसायी हुन ।











