दम्माम, साउदी अरब: नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको अध्यक्षमा रोशन कुमार श्रेष्ठ निर्वाचित भएका छन्।

दम्मामस्थित रोज गार्डेनमा सम्पन्न ३२औँ विश्व आदिवासी दिवस तथा छैटौँ महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। महासंघको वरिष्ठ उपाध्यक्षमा चित्र कुमार चालिङ राई, उपाध्यक्षमा सुक बहादुर गुरुङ, ईमान थापा मगर, सन्तवीर घिसिङ तामाङ र गङ्गा केरुङ लिम्बु चयन भएका छन्।
महासचिवमा पासाङ शेर्पा, उपमहासचिवमा के.बी. काउच मगर, सचिवमा राज चेन्जोड लिम्बु, कोषाध्यक्षमा ओम बहादुर कुमाल र सह–कोषाध्यक्षमा बेल बहादुर सारु मगर चयन भएका छन्। त्यस्तै प्रवक्तामा मनोज घिमाल, महिला उपाध्यक्षमा जयन्ती अङ्गछेङ्बो लिम्बु र युवा संयोजकमा कुमार बल तामाङ चयन भएका छन्।
नवनिर्वाचित नेतृत्वले साउदी अरबमा रहेका आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउँदै भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवासी नेपालीको सामाजिक हितका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
महाधिवेशनमा नेपाली दूतावास रियादका प्रथम सचिव अमर बहादुर नेपाली प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आदिवासी समुदायका झाँकी तथा धान नाचसमेत प्रस्तुत गरिएको थियो।











