नेकपा र एमालेविच प्रादेशिक सरकार बनाउन गठबन्धन

सुपमा खगराज भट्ट मुख्यमन्त्री बन्दै


कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेकपा –एमाले)विच प्रादेशिक सरकार बनाउने विषयमा गठबन्धन भएकोछ । नेकपा र एमालेविच तीन बुँदे सहमती भएको जनाएको छ । शनिबार नेकपा नेता बर्षमान पुन(अनन्त)को निवासमा नेकपा संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीविच तीन बुँदे सहमती भएको हो ।

प्रदेश सभाहरुम सहकार्य गर्दै संयुक्त सरकार बनाउने, नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेतृत्व गर्दै मुख्यमन्त्री पाउने, एमालजेले कोसी, बागमती र लुम्बिनीमा नेतृत्व गर्दै मुख्यमन्त्री पाउने भएका छन । मधेश र गण्डकीको हकमा दुवै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुसंग थप परार्मस गरेर नेतृत्व र सहभागि हुने जनाएका छन । योसंगै सुदूरपश्चिम प्रदेशका नेकपा ससदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्दैछन । प्रदेशमा स्थिरता, सुशासन, सम्बृद्धि र प्रादेशिक विकासको गतिलाई समान तिव्र रुपमा अघि बढाउने उदेश्यका साथ एकता गरिएको छ ।

यस अघि तत्तकालिन नेकपा माओवादी,हालको नेकपा र एमालेविच विगतमा पनि ०७४को निर्वाचनमा एकता भएसंगै जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै दुवै पाटी पुर्ववत अवस्थामा आएको परिवेसमा नागरिकले अब यि दलहरुको कामबाट मुल्याङ्गकनदेखि गठबन्धनको औचित्यता बारे पर्ख र हेरको नीति अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img