दोधारा चाँदनीमा माननिय महताको जनता संग प्रत्यक्ष संवाद


कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. ३ का माननिय ज्ञानेन्द्र महताले जनता संग प्रत्यक्ष संवाद, जनगुनासो सुन्न र विकास निर्माण बारे जनता संग छलफल गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार र वडा नं. २ चाँदनी खेल मैदानमा माननिय ज्ञानेन्द्र महताले जनता संग प्रत्यक्ष संवाद, जनगुनासो सुन्न र विकास निर्माण बारे छलफल गर्नुभएको हो । दोधारा चाँदनी नगरपालिकाबाट सुरु गरिएको जनता संग प्रत्यक्ष संवाद, जनगुनासो सुन्न र विकास निर्माण बारे छलफल कार्यक्रम अन्यपालिका तथा टोल, बस्तीहरुमा सञ्चालन गर्दै जाने माननिय ज्ञानेन्द्र महताले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको दुई स्थानमा सञ्चालन गरिएको जनता संग प्रत्यक्ष संवाद, जनगुनासो सुन्न र विकास निर्माण बारे छलफल कार्यक्रममा जनताहरुले बिशेष गरि बिकास निमार्ण, सिमा समस्या, स्वास्थ्य सेवाका कुरा प्रमुखताका साथ उठाएका माननिय ज्ञानेन्द्र महताले बताउनुभएको छ् ।

जनताका चाँसो र गुनासोहरुलाई सम्बोधन गर्दै माननिय महताले संघीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताए । उहाँले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताउनुभयो । कार्यक्रममा जनताहरुले माननियलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रका समस्याहरु सुनाएका थिए ।

कार्यक्रममा सडक निर्माण, सिमा समस्या, बेरोजगारी समस्या लगायत विषय उठेका थिए । उठेका प्रश्नहरुको सांसद महताले एक–एक गरी उत्तर दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img