कञ्चनपुर : कञ्चनपुरका एक टुहुरा दलित बालक पैशा नहुँदा उपचारमा समस्यामा परेका छन । शुक्लाफाँटा नगरपालिका ५ खजुवाका १० बर्षिया टुहुरा बालक रमित लुहार उपचारमा समस्यामा परेका हुन । बालक रमित लुहरको झण्डै ६ बर्षदेखि घाँटीमा समस्या देखिएको थियो । बैजनाथ आधारभूत विद्यालय कक्षा ५मा अध्ययनरत भविष्य भएका बालक अहिले घाँटीका समस्यामा कारण संकटमा परेका छन ।

बालकका आमा रेखा लुहारले पैशा नहुँदा उपचारमा समस्या भएको बताईन । यस अघि स्थानीयदेखिका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि बाह्य अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताईन । एक दशकअघि नै बाबु जितराम लुहारको निधन भएपछी उनको घरमा समस्या भएको थियो ।

रमितका दाजु आशिश लुहार अपाङ्ग छन । ५धुर जमिनमा जिवन बेतित गरिरहेका दलित लुहार परिवारले उपचारमा सहयोगका लागि अपिल गरेका छन । दलित समुदायकी अगुवा परे लुहारले चुनावका बेला प्रधानमन्त्री बालेन शाहले पैशा नहुनेको निःशुल्क उपचार भनेपनि अहिले जहाँ जुन अस्पतालमा गएपनि पैशा मागिरहेको बताए । उनले टुहुरा बालक रमितको जिवन रक्षाका लागि सक्दो सहयोगका लागि आब्हान गरेका छन ।











