कञ्चनपुर: कञ्चनपुरका बरिष्ठ निर्माण व्यवसायी एव समाजसेवी निरन्जन प्रशाद भट्ट भीमदत्त नगरपालिकाको भौतिक पूर्वाधार विज्ञ सल्लाहरमा नियुक्त भएका छन । भट्ट भीमदत्त नगरपालिकाको भौतिक पूर्वाधार विज्ञ सल्लाहरमा नियुक्त भएका हुन । नगरको समग्र भौतिक पूर्वाधार विकास निर्माणमा विषयमा आवश्यक सुझाव सल्लाहका लागि भट्टलाई ८साउन ०८३देखि लागु हुने गरेर नियुक्त गरेको जनाएको छ ।

भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयमा अवैतनिक रुपमा कामकाज गर्ने गरेर नियुक्त गरिएको हो । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षको जिम्मेबारी समेत सम्हालिसकेका भट्ट निर्माण मात्रै होईन समाजिक शिक्षा क्षेत्रमा समेत भूमिका निर्वाह गरिरहेका छन ।

निङलाशैनी माविको अध्यक्ष, निङलाशैनी समाज सहितका विवित समाजिक आर्थिक क्षेत्रको जिम्मेबारी निर्वाह गरिरहेका भट्टले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै समग्र भीमदत्त नगरको भौतिक पूर्वाधार विकासका कामकाज गर्ने प्रतिज्ञा गरेका छन ।











