कञ्चनपुर: यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व बृद्धि गर्दै आएको छ । पछिल्ला तीन बर्षको तुलनामा यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व बृद्धि गर्दै आएको हो । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार पछिल्ला तीन बर्षयता गत आर्थिक बर्षमा उल्लेख्य राजस्व बृद्धि गरेको छ ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरका लेखा अधिकृत गजेन्द्र प्रशाद जोशीले सवारी साधन, चालक अनुमति पत्र, सवारी दर्ता, रजिष्ट्रेशन, यातायात क्षेत्र सहितका विवित शिर्षकमा कर राजस्व संकलन गरेको बताए ।

लेखा अधिकृत जोशीले गत आर्थिक बर्ष ०८२/०८३मा पछिल्ला दुई बर्ष भन्दा राम्रो राजस्व संकलन भएको बताए । लेखा अधिकृत जोशीका अनुसार पछिल्ला दुई बर्षमा क्रम १करोड, ५लाख, झण्डै चार करोड बढी राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष ०८२/०८३ मा २४ करोड, ६८ लाख, ९२ हजार, आर्थिक बर्ष ०८१/०८२ २३ करोड, ६३ लाख, ६७ हजार र आर्थिक बर्ष ०८०/०८१ मा २० करोड, ७७ लाख, ५ हजार रुपैया संकलन भएको छ । सघ तर्फ सार्वजनिक सवारी साधन अग्रीम कर पनि क्रसम बृद्धि हुदै आएको छ । आर्थिक बर्ष ०८०/०८१मा ९८लाख, ८ हजार, ०८१/०८२मा १करोड, ३८लाख ६४ हजार र गत आर्थिक बर्ष ०८२/०८३ मा १ करोड, २७ लाख, ३७ हजार राजस्व संकलन भएको छ ।

विगतमा पहुँचवालाका लागि मालामाल, गैर कानूनी सवारी साधन दर्तादेखि घुसकाण्ड मच्चिएर प्रहरी, अख्तियारसम्मै खैलाबैला मच्चिएको उक्त कार्यालय सेवाग्राहीको विश्वास मात्रै होईन राज्यको चोखो आम्दानीमा समेत भूमिका निर्वाह गरेको तथ्य, तथ्याङ्कले देखाएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख कुमार परियारले विभिन्न कारणबाट पछिल्ला बर्षहरुमा राजस्व बृद्धि भईरहेको बताए ।

उनका अनुसार कार्यालयको निरन्तर ताकेता, सकृयता, सवारी चालक अनुमती पत्र वितरणमा सकृयता, सवारी साधन दर्ता, चालक अनुमती पत्र लिनेको संख्या बृद्धि र लामो समयदेखि नविकरण नगरेका ५ बर्ष कटेकासवारी साधनमाथि जरिवाना सत प्रतिशत छुटले पनि राजस्व बृद्धि हुने गएको छ । अटो पालिका तहमै दर्ता गर्ने प्रावधानले केही राजस्वमा कमि आएपनि अन्य क्षेत्रबाट निरन्तर राजस्व संकलन भईरहेको छ । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयले पछिल्ला दिनहरुमा गत विगतका बर्षहरु भन्दा प्रंभावकारी सेवा प्रवाह गरिरहेको सेवाग्राहीहरुले समेत अनुभूति व्यक्त गरिरहेका छन ।










