कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउने उद्देश्यले सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिलाई इलेक्ट्रिक अटो रिक्ससा हस्तान्तरण गरिएको छ् । निड्स नेपाल कञ्चनपुर, अक्सफाम र एक्टको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक वटा इलेक्ट्रिक अटो हस्तान्तरण गरिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । अटो रिक्सा सहयोगले स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई बजारिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ्् ।

सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी– ८ का सदस्य प्रेम रोकायाले अटो पाएपछी किसानले उत्पादन गरेको तरकारी बजारमा लगेर बेच्न सहज हुने बताउनुभएको छ् । सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य प्रेम रोकायाले कृषी एम्बुलेन्स अर्थात इलेक्ट्रिक अटोले स्थानीय कृषि उत्पादनको बजारीकरणलाई टेवा पुर्याउनुका साथै समुदायको आर्थिक गतिविधी सुद्दढ बनाउन र विपद् पछिको पुन:स्थापनामा समेत इलेक्ट्रिक अटोले सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख किशोर कुमार लिम्बु, उप प्रमुख गंगा देबी जोशी, वडाध्यक्ष, निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय लगाएत संघ–संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।











