४४ औँ विपी स्मृति दिवस : कञ्चनपुरमा गगन र देउवा पक्षका छुट्टाछुट्टै कार्यक्रम


कञ्चनपुर: नेपाली काँग्रेसका संस्थापक नेता एव प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला(विपी)को ६साउन ०८३ कञ्चनपुरमा पनि मनाईएको छ । विगतका बर्षहरुमा विपि स्मृति दिवस नेपाली काँग्रेसले एकढिक्का भएर बनाउँदै आएको थियो, तर यस पटक ४४औँ स्मृति दिवस छुट्टाछुट्टै मनाईएको हो । प्रजातान्त्रिक समाजवादका प्रणेताका रुपमा परिचित विपीको ६ साउन ०३९मा निधन भएपछि यता नेपाली काँग्रेसले हरेक ६ साउनमा स्मृति दिवस मनाउँदै आएको छ ।

गत बर्ष २३ र २४भदौँ ०८२ जेनजी आन्दोलनपछि पुष तेस्रो साता सम्पन्न भएको नेपाली काँग्रेस विशेष महाधिवेशनबाट तत्तकालिन महामन्त्री गगन कुमार थापा नेतृत्वमा बनेको नेपाली काँग्रेस(संस्थापन समुह) र तत्तकालिन काँग्रेस सभापति शेर बहादुर देउवा समुहले छुट्टाछुट्टै गरेर कञ्चनपुरमा दिवस मनाएका हुन । देउवा पक्षीय नेपाली काँग्रेस कञ्चनपुरले महेन्द्रनगरमा रहेको विपीको सालिकमा माल्र्यापण गरेपछि महाकाली अस्पतालका बिरामी, बृद्धाश्रममा फलफुल वितरण गरेको छ ।

देउवा पक्षीय काँग्रेस जिल्ला सचिव भीम भट्टले पाटीका तर्फबाट विपीको सालिकमा माल्र्यापणका साथै महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको र आफुहरुकै साथीभाईहरुले व्यक्तिगत रुपमा रौटेला बृद्धआश्रममा समेत फलफुल वितरण गरेको बताए । उनले यस विषयमा पाटी नेतृत्वले बुझ्नुपर्ने बताउँदै पाटी फुटबिग्रह नभई एकजुटतर्फ जोडदिए । संस्थापन गगन पक्षीय नेपाली काँग्र्रेसले झलारीमा जरा अभियानको समापनसंगै, अन्तरकृया बृक्षारोपण गरेको छ । यसरी पाटीकै संस्थापक समेत रहेका देशकै पहिलो जननिर्वाचित नेता विपीको स्मृति छुट्टाछुट्टै मनाउन थालेपछि सच्चा काँग्रेसी नेता कार्यकर्ता शुभचिन्तकहरुमा अन्यौलता छाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img