पुर्व सुचना खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी कार्य दललाई तालिम


पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुर्व सुचना खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी कार्य दलहरुलाई ४ दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ् । निड्स नेपाल कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा ४ दिने पुर्व सुचना खोज उद्धार तथा प्रामिक उपचार सम्बन्धी कार्य दलहरुलाई ४ दिने क्षमता बिकास तालिम सम्पन्न भएको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी दुर्गा बडुवालले बताउनुभएको छ् । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा विपद्को जोखिम बढ्दै गएकाले प्राथमिक उपचार तथा उद्धारकर्ता तालिम सञ्चालन गरिएको दुर्गा बडुवालले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको खोज उद्धार टोलीलाई तालिममा सहभागी गराईएको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी दुर्गा बडुवालले बताउनुभएको छ् ।

मानव जिवनमा विपद्का रुपमा निम्तिन सक्ने आपतकालीन अवस्था, घाउ चोट पटक, बिमारी तथा वातवरणीय समस्याहरुका प्राथमिक उपचार तथा उद्धारका लागि समुदायमा नै स्वयंसेवकहरु तयार पार्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । वहुप्रकोप जोखिमयुक्त ग्रामीण क्षेत्रमा पुर्व सुचना खोज उद्धार तथा प्रामिक उपचार सम्बन्धी कार्य दलहरुलाई ४ दिने क्षमता बिकास तालिम अत्यन्तै महत्वपूर्ण रहेको तालिममा सहभागी निरु रानाले बताउनुभयो ।

तालिममा दुर्घटनामा परेका घाइते तथा विपद्को समयमा जोखिममा परेकालाई कसरी प्राथमिक उपचार गर्ने तथा खोज र उद्धार गर्ने भन्ने बारे कृत्रिम नमुना अभ्यास मार्फत सीप विकास गराईएको तालिममा सहभागी निरु रानाले बताउनुभयो ।

कार्यक्रमको समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र उपप्रमुख गंगा देबी जोशीले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img