भूमिहीनलाई शीघ्र जग्गाधनी पुर्जा वितरण गर्ने तयारी तीव्र, माननीय ज्ञानेन्द्र सिंह महतासहित समितिको स्थलगत अनुगमन हुने


कञ्चनपुर : कञ्चनपुर जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र जग्गाधनी पुर्जा वितरण गर्ने विषयमा आज जिल्ला भूमि समस्या समाधान समितिसँग छलफल गरिएको छ। छलफलमा हालसम्मको कार्यप्रगतिको समीक्षा गर्दै जग्गाधनी पुर्जा वितरण प्रक्रियालाई कसरी छिटो र प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

२०८३ जेठ २० गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन काेईरालाको संयोजकत्वमा गठन भएको ७ सदस्यीय जिल्ला भूमि समस्या समाधान समितिले असार ५ गते पहिलो बैठक बसेपछि द्रुत गतिमा काम अघि बढाइरहेको जनाएको छ।
यसैक्रममा भोलि प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महतासहित जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीहरूले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका तथा भीमदत्त नगरपालिका क्षेत्रमा स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ।

अनुगमनका क्रममा तत्काल जग्गाधनी पुर्जा वितरण गर्न सकिने क्षेत्रहरूको वस्तुस्थिति अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ। समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइने समितिका संयाेजक प्रमुख जिल्ला अधिकारी मदन काेईरलाले जानकारी दिनु भएकाे छ।


Loading Viewer...

ताजा समाचार

spot_img