दोधारा चाँदनी श्रीमानद्वारा श्रीमतिको हत्या


कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा श्रीमान–श्रीमतीविचद्वन्द्वका घटना घटिरहेका छन । गत चैत्रमा श्रीमतीले श्रीमान र अहिले असारमा आएर श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन । अहिले नगरका एक युवाले श्रीमतीको हत्या गरेका छन । दोधाराचाँदनी नगरपालिका १० फकिरे टोलका ४५ बर्षिया रन बहादुर सुनारले ४२ बर्षिया श्रीमती पारुदेवी सुनारको हत्या गरेका हुन ।

बुधबार कुटपिट गरेका रन सुनारले बिहीबार पारुदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक बहादुर रावतले एक दिन अघि श्रीमानले श्रीमतीविच घरसायी विवाद हुँदा कुटपिट गरेको र कुटपिटबाट घाईते श्रीमतीको स्थानीय दोधारा चाँदनी नगर अस्पतालमा उपचार गरेर घर ल्याएको बताए । कुटपिट घाईते भएकी पारुदेवीको बिहीबार मृत्यु भएपछि प्रहरीले श्रीमान रन बहादुर सुनारलाई पक्राउ गरिसकेको छ ।

प्रवक्ता रावतले घटनाको थप अनुसन्धान भईरहेको छ । यस अघि दोधाराचाँदनीमा गत ०८२ चैत्रमा श्रीमतीले श्रीमानको मृत्यु भएको थियो । दोधाराचाँदनी ७ वियज टोलका ४५ बर्षिया मानसिह दमाई हत्याको आरोपमा ४४ बर्षिया श्रीमती पान्सरीदेवी दमाई पक्राउ गरेकी थिईन । दोधाराचाँदनीमा नगरमा श्रीमान–श्रीमतीविचकोद्वन्द्व हत्यामा परिणत हुन थालेपछि स्थानीय त्रसित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img