योजना आयोगका उपाध्यक्षसंग सुदूरपश्चिम विश्वविद्यालयकाे विकासबारे उपकुलपति भट्टले गरे छलफल


रमेश प्रसाद / महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्टले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. गुणाकर भट्टसँग भेटवार्ता गरी विश्वविद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विस्तारलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ।

मंगलबार काठमाडौंमा भएको भेटमा विश्वविद्यालयको दीर्घकालीन विकास, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, आवश्यक भौतिक पूर्वाधार निर्माण र उच्च शिक्षाको गुणस्तर थप सुदृढ बनाउने विषयमा विशेष रूपमा विचार-विमर्श भएको जनाइएको छ। उपकुलपति प्रा.डा. भट्टका अनुसार भेटवार्तामा सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न आवश्यक सहयोग, नीति तथा भावी योजनाका विषयमा समेत सकारात्मक छलफल भएको थियो।

उनले भने “विश्वविद्यालयमा सुशासन, पारर्दशिता र शिक्षामा गुणस्तर ल्याउन आफु लागी रहने बताए ।” भेटलाई विश्वविद्यालयको समग्र विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको उपकुलपति भट्टले बताउनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img