महेन्द्रनगर : एभरेस्ट बैंक लिमिटेड महेन्द्रनगर शाखाले महेन्द्रनगरकाे एक विद्यालयका विद्यार्थीहरूलाई पाेशाक र शैक्षिक सामाग्री सहयाेग गरेकाे छ । मंगलबार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तरगत भिमदत्त नगरपालिका १८ कटानमा रहेकाे महेन्द्रनगर माध्यमिक विद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता तथा अटिजम भएका १५ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको हाे। बैंकले प्रत्येक विद्यार्थीलाई एक–एक सेट विद्यालय पोसाक, ट्र्याकसुट, टाउजर, एक जोर जुत्ता तथा कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका महेन्द्रनगर शाखाका प्रमुख धर्मानन्द जाेशीले जानकारी दिनु भयाे ।

उनले भने “विद्यालयमै पुगेर हामिले बैंककाे समाजिक उत्तरदायित्व अन्तरगत रहेर पेशार र शैक्षिक सामाग्री विद्यार्थीहरूलाई सहयाेग गरेकाे हाैं ।” सहयोगले विशेष आवश्यकता भएका विद्यार्थीहरूको पठनपाठनमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा एभरेस्ट बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक धर्मानन्द जोशी, कर्जा अधिकृत ठाकुर अधिकारी तथा कर्मचारी खेमराज रजाको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक विनोद सिंह, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु बैंकको प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताए। विद्यालयका प्रधानाध्यापक विनोद सिंहले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले विशेष कक्षामा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। एभरेस्ट बैंक लिमिटेडले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्थानका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका महेन्द्रनगर शाखा प्रबन्धक जाेशीले बताउनु भयाे । आगामी दिनमा पनि समाजका आवश्यकता भएका समुदाय र वर्गलाई लक्षित गरी यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।











