कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चिता एव दिगोपना घोषणा गरिएको होे ।

स्वास्थ्य कार्यालय कञ्चनपुर कोल्डचेन अधिकृत तथा खोप फोकल प्रशसन जनक कुँवरका अनुसार भीमदत्त नगरमा जन्मे देखि ५९महिना मुनीका आठ हजार ५८१ लगत संकलन मध्ये ०–१५ महिनाका दुई हजार र१५देखि ५९महिनाका छ हजार ५८१ बालबालिकाले पूर्ण खोप लगाएको र १८मात्रै छुट रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले १देखि ४, ५देखि ६ समाजिक विकास संयोजक शुशिल भट्ट, ९देखि १२स्वास्थ्य कार्यालय कञ्चनपुर प्रमुख दिपेन्द्र सिह रावल, १३देखि १५भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, १६, १७जिल्ला समन्वय प्रमुख दुर्गा बोहरा र १८, १९ वडाहरुमा कावा नगर प्रमुख निलम लेखकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए। कावा मेयर निलम लेखकको अध्यक्षतामा प्रमुख अतिथि जिसस प्रमुख दुर्गा दत्त बोहरा सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।







