हालै जिम्मेवारी पाएका सामाजिक विकास मन्त्री राना मगरलाई दोधारा चाँदनीमा स्वागत


कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्री बेल बहादुर राना मगरलाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा स्वागत गरिएको छ् । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमवार पद तथा गोपनीयताको सपथ लिएका थिए । सपथ लिए लगत्तै गृह नगर पुगेका सुदरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बेल बहादुर राना मगरलाई नेपाली काग्रेंस नेता तथा कार्यकर्ता तथा स्थानियबासीहरुले फुलमाला लगाएर स्वागत गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । मन्त्री राना मगरलाई उहाँकै निवासमा एक कार्यक्रमको बिच हालै सामाजिक बिकास मन्त्री जिम्मेवारी पद पाएकोमा खुशी ब्यक्त गर्दै स्वागत तथा सम्मान गरिएको नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिकासले गती लिन नसकेको अवस्थामा बेल बहादुर राना मगर सुदरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रीकोरुपमा जिम्मेवारीले बिकास निमार्णमा ठुलो अर्थ रहने नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बिश्वास ब्यक्त गर्नुभएको छ् । कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री बेल बहादुर राना मगरले सबैको मायाले आफु अझै ठुलो जिम्मेवारी पद पाएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रको मात्रै नभई आफु सुदुरपश्चिम प्रदेशको जिम्मेवारी मन्त्री पदमा रहेको हुदा सुदुरपश्चिम प्रदेशको समृद्धि र बिकासको लागी आफु प्रीतबद्ध रहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारमा हालै नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका थिए । मन्त्रिपरिषद् पुनर्गठन अन्तर्गत नियुक्त भएका उनीहरुलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ् । नवनियुक्त मन्त्री मध्ये बिक्रम सिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । बेलबहादुर राना मगरलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ् भने मान बहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन् ।

यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ् । काँग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमति अनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मन्त्री परिषद् विस्तार संगै प्रदेश सरकारको काम कारवाहीले थप गति लिने अपेक्षा गरिएको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img