रास्वपा कञ्चनपुर सभापतिमा पुनःविष्ट


रमेश प्रशाद भट्ट /कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)को जिल्ला सभापतिमा पदम विष्ट निर्वाचित भएका छन । आइतबार सम्पन्न भएको रास्वपा कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट विष्ट पुन सभापतिमा निर्वाचित भएका हुन । बन्दसत्रपछि सहमती भएकाले सभापतिमा निर्वतमान सभापति विष्ट र निर्वतमान कोषाध्यक्ष नविन चन्द र सचिवमा निर्वतमान सचिव राकेश चन्द र पुर्व सचिव रामदत्त भट्ट चुनावी मैदानमा उत्रिएका थिए । रास्वपा जिल्ला निर्वाचन समितिको तथ्याङ्क अनुसार विष्टले आफ्ना प्रतिस्पर्धी चन्दलाई एकसय ३६मतको अन्तरले हराउँदै पुन रास्वपा जिल्ला कमाण्डिङ्गको जिम्मेबारी निरन्तरता दिएका छन । विष्टले एकसय ९७ र चन्दले ६१मत ल्याएका थिए ।

सचिवमा राकेश चन्दले आफ्ना निकटतम प्रतिद्वन्दी रामदत्त भट्टलाई एकसय ४०मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । चन्दले एकसय ९५ र भट्टले ५५मत ल्याएका छन । क्षेत्र ३को सभापतिमा अम्बादत्त जोशी निर्वाचित भएका छन । जोशीले आफ्ना निकटतम प्रतिस्पर्धी कर्ण बहादुर चन्दलाई ५४मतको अन्तरले हराउँदै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन । जोशीले एकसय २६ र चन्दले ७२मत ल्याएका छन । यस्तै खुला सदस्य तर्फ शिवराज भट्ट एकसय २५, लक्ष्मण राना एकसय २२, लक्ष्मण गिरी एकसय २०, गोकर्ण प्रशाद लामिछाने एकसय ६मत ल्याएर निर्वाचित भएका छन । यस्तै जिल्ला उपसभापतिमा भागरथी बडाल, सहसचिव यज्ञराज जोशी, क्षेत्र १सभापति बिरेन्द्र शाही(बिरु), २ क्षेत्रीय सभापति गणेश खडका, महिला सदस्यमा हिरा विष्ट निर्बिरोध निर्वाचित भएका छन ।  रास्वपा कञ्चनपुरको कमाण्डिङ्गमा पुगेका विष्ट यस अघि पाटी स्थापनाको बर्षदेखि निरन्तर तीन पटक सभापतिकै जिम्मेबारीमा छन । पहिलो पटक महेन्द्रनगरमा ०७९असार दोस्रो साता भएको जिल्ला भेला र दोस्रो पटक ०८१पुष दोस्रो साता बेलौरीमा भएको जिल्ला भेलाबाट विष्ट नै सभापति भएका थिए । ०७९को निर्वाचनमा झण्डै १५ हजार जनमत रहेको रास्वपाको ०८२मा आईपुग्दा ८५ हजार सहित तीन सासद प्रत्यक्ष र दुई संघीयमन्त्री पाएको छ ।

पुन जिल्ला पाटी नेतृत्वको जिम्मेबारी पाएका रास्वपा कञ्चनपुर सभापति पदम विष्टले पाटीको नीति, सिद्धान्त जनअपेक्षा अनुरुप जिल्लाबासीदेखि नेता कार्यकर्ताहरुको हकहितमा काम गर्ने प्रण गरेका छन । पाटी केन्द्रीय कार्य तालिका अनुरुप २४जेठ अर्थात आईतबार प्रथम जिल्ला अधिवेशन गर्न लागेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य बिजय जैरुले उद्घाटन गरेको अधिवेशनमा नेता एव सासदद्वय जनक सिह धामी, ज्ञानेन्द्र सिह महता सहितले शुभकामना मन्तव्य दिर्दै प्रथम अधिवेशन भएकाले सर्वसम्मत जिल्ला कार्य समिति चयनका गर्दै जनताको हितमा काम गर्न आब्हानगरेका थिए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले अलपत्र पारिएको महेन्द्रनगर सिटीहलमा जिल्ला अधिवेशन गरेर संचालनको सन्देश दिएको छ । पाँच भन्दा बढि पटक म्याद थप गर्दा समेत १८ बर्षसम्म ठेकेदारले सिटीहल अलपत्र पारेपछि तीनै सरकारले गिजाईरहेको अवस्थामा सत्ताधारी दल रास्वपाले जिल्ला अधिवेशन कुनै होटल, पाटी पैलेश भन्दा अलपत्र पारिएको सरकारी हलमै गरेर संचालनको सन्देश दिन खोजेको नेता कार्यकर्ताहरुको भनाई छ ।

०६५ सालमा ठेकेदार कम्पनी श्याम सुन्दर र गौरी पार्वतीले तत्तकालिन नगरविकास समितिसंक्ष् दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा सिटीहल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर, १८ बर्षवितिसक्दा पनि पुरा गरेको छैन । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे ५ बिघा जमिनमा पर्खाल लगाएर सिटीहल निर्माण गरिएको छ । अपांगमैत्री सिटी हल एक साथ करिब एक हजार दर्शक अटाउने क्षमताको रहेको तीनतले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनी छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गसँगै जोडिएको सिटी हल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु परेको सेवाग्राहीको गुनासो गरिएको छ । ठेकेदारले अलपत्र पारेको सिटी हलमै जिल्ला अधिवेशन गरेर रास्वपा कञ्चनपुरले पाटी, सरकारलाई राज्यको लगानीमा रहेका सिटीहल सचालनको सन्देशले अब सिटी हल संचालन हुने अपेक्षा समेत गरिएको छ । यसरी सत्ताधारी दल रास्वपाले अलपत्र परेको सिटी हालमा कार्यक्रम गरेर संचालनको सन्देशसंगै राज्यलाई बुझाउनुपर्ने न्यूनतम शुल्क बुझाउने वा नबुझाउने बारे जनचासो बनेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img