कञ्चनपुर । बिश्व बाताबरण दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ् । ‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री बिकास’ नारा सहित दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को गौशाला नजिक रहेको नगरपालिकाले संरक्षण गरेको जग्गामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । दोधारा चाँदनी नगरपालिकाको आयोजना र उत्थानशिल युवा सञ्जाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल, पेसवान लगाएत गैरसरकारी संस्थाको सहकार्यमा बिश्व बाताबरण दिवसको अवसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको वाईट दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । गौशाला नजिक तारवार गरिएको खाली जग्गामा बाँस, अशोक, अमलिसो लगाएत झण्डै ४ सय बिभिन्न जातका बिरुवा रोपिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।


हरित वातावरण प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षण प्रति नागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिश्व बाताबरण दिवसको अवसरमा बृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् । रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । मानव समाजको विकास गर्ने क्रममा पृथ्वीलाई जोगाउनु मानिसको प्रमुख कर्तव्य रहेको उहाँले बताउनुभयो ।


बृक्षरोपण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी, र नेपाल प्रहरी, नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपालका प्रतिनिधी लगाएत स्थानियबासीहरुको बाक्लो उपस्थिती रहेको थियो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्वभर बाताबरण दिवस मनाउने गरिएको छ् ।






