दोधारा चाँदनीका सामुदायिक बिद्यालयमा अध्यनरत छात्राहरुका लागी ३६ हजार सेनेटरी प्याड


दोधारा

माहाकाली नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्यनरत छात्राहरुले सेनेटरी प्याड पाउने भएका छन् । माहाकाली नगरपालिकामा रहेका १२ वटा सामुदायिक बिद्यालयमा अध्यनर्त झण्डै ३ हजार छात्राहरुका लागी ३६ हजार ७ सय पिस सेनेटरी प्याड बिद्यालयहरुलाई प्रदान गरिएको माहाकाली नगरपालिका शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले जनाएका छन् । बिद्यालयहरुका प्रअ तथा प्रतिनिधीहरुले माहाकाली नगरपालिका शिक्षा शाखाबाट उक्त पेड पाउका हुन् । माहाकाली नगरपालिकाका १२ वटा सामुदायिक बिद्यालयका कक्षा ६ देखि १२ सम्मका अध्यनर्त छात्रालाई उक्त प्याड बितरण गरिने माहाकाली नगरपालिका शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले बताएका छन् ।

महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरु नियमित गराउन सेनेटरी प्याड वितरण गरिने जनाएको छ् । महिनावारी भएको बेला छात्राहरु लजाउने, विद्यालय आउन गाहे मान्ने गरेकाले नगर भित्रका कक्षा ६ देखि १२ सम्म अध्यनर्त छात्राहरुको निम्ती बिद्यालयहरुलाई सेनेटरी प्याड बितरण गरिने भएको छ् । छात्राहरु विद्यालय आउदा महिनावारी भए भागेर जाने, लजाउने, बिचैमा कक्षा छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हट्ने विश्वास लिएको जनज्योती माध्यमिक बिद्यालयका प्रधानध्यापक श्रीनाथ बरालले बताएका छन् ।

बिद्यालय खुल्ने बित्तिकै छात्राहरुलाई सेनेटरी प्याड बितरण गरिने तयारी भएको प्रअ श्रीनाथ बरालले बताएका छन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुदा आफुहरुको पढाइ छुट्ने, कक्षामा रहेका बेला महिनावारी हुदा एकदमै गाहे हुने, पढाई छोडरे घर जानु पर्ने बाध्यता अबका दिनहरुमा यो समस्याबाट मुक्ति हुने एक छात्राले बताईन् । छात्राहरुका लागी सेनेटरी प्याड पनि महत्वपूर्णको भएको छात्राको भनाई रहेको छ् । आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको हो । प्रदेश सरकारले शिक्षा शाखा मार्फत उक्त प्याड बिद्यालयहरुलाई उपलब्ध गराएको छ् ।

प्रत्येक जिल्ला भित्रका स्थानीय तह संग समन्वय गरि तथा सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरुको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाईद्वारा संकलन गरिने बताईएको छ् । सरकारले छात्राहरुको समस्यालाई मध्यनजर राख्दै बिद्यालयहरुमा सेनेटरी प्याड पठाएको छ् । कोरोना भाईरसको कारण अन्य स्थानमा सरह माहाकाली नगरपालिकामा पनि सम्पुर्ण शैक्षिक संस्था बन्द भएको अवस्था छ् ।


ताजा समाचार

spot_img