च्याउको बिउ वितरण गर्दै माहाकाली नगरपालिका


दोधारा

माहाकाली नगरपालिकाले नगर क्षेत्रमा निशुल्क च्याउको बिउ बितरण गरेको छ् । माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले यस वर्ष नगर क्षेत्रमा झण्डै ७ कुण्टल कन्य च्याउको बिउ बितरण गरेको हो । पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार को लगाी उत्प्ररित गर्न कृषक तथा कृषी समुहहरुलाई झण्डै ७ कुण्टल कन्य च्याउको बिउ बितरण गरिएको माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको बताईएको छ् । वडा तथा टोलमा कृषी शाखा कार्यालयका प्रतिनिधी पुगी च्याउको बिउ राख्ने तरिका सिकाउदै उनिहरुलाई च्याउको बिउ बितरण गरेको माहाकाली नगरपालिका कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । नगरपालिका क्षेत्रका किसानहरु च्याउ खेती प्रति आकर्षण बढ्दै गएको कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । ‘यस वर्ष कृषकहरु बिगतका तुलनामा च्याउ खेती गर्ने हत्तै बढेको छ्’ शाखा प्रमुख भट्टले भने– ‘यस वर्ष च्याउको बिउ मा“ग बढी रहेको छ् ।’

स्थानिय कृषक बुद्धि कठायतले माहाकाली नगरपालिका कृषी शाखा कार्यालयले स्थानिय कृषकहरुलाई निशुल्क च्याउको बिउ बितरण गरेकोमा धन्यबाद दिएका छन् । बिगतका दिनहरुमा आफुलाई खान मात्रै पुग्ने च्याउ गरेका बुद्धि कठायतले यस वर्ष कृषी शाखाको सहयोगमा केही बढी मात्रामा च्याउको बिउ लगाएको बताएका छन् । केही बजारमा बिक्रि बितरणको उद्धेश्यले यस वर्ष च्याउ खेती गरेको बताएका छन् । च्याउ खेती गरिरहेका कृषकहरुलाई बिउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउ खेती गर्नका लागी माहाकाली नगरपालिका कुषी शाखाले कृषकलाई निकट भविष्यमा च्याउ खेती बारे बिशेष तालिम सन्चालन गर्ने योजना बनाएको कृषी शाखा कार्यालयले जनाएको छ् ।

पछिल्लो समयमा च्याउ खेती तर्फ माहाकाली नगरपालिका कृषकको आकर्षण बढ्दै गएको छ् । व्यावसायिक च्याउ खेति गर्नका लागी कृषकहरुको मा“गका आधारमा आगामी दिन च्याउको बिउ ुहजै उपलब्ध गराउने योजना कृषी शाखा कार्यालयले बनाएको छ् । यस्तै माहाकाली नगरपालिकाको वडा नं. ३ वडा कार्यालयको सहयोग र आस्था कृषी बहुृद्धेश्ययी सहकारी संस्थाको आयोजनामा वडा नं. ३ वडामा रहेका कृषी समुहका पदाधिकारीहरुलाई कन्ये च्याउको खेती गर्ने तरिका सिकाउदै उनिहरुलाई झण्डै २ कुण्टल च्याउको बिउ बितरण गरिएको आस्था कृषी बहुृद्धेश्ययी सहकारी संस्थाले जनाएको छ् ।


ताजा समाचार

spot_img