कञ्चनपुर–१ मा रास्वपा र एमालेबीच मतान्तर ह्वात्तै घट्यो, धामी ४८ मतले अग्रता


कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी १ हजार ७७ मतसहित अग्रस्थानमा रहेका छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले १ हजार २९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना मगरले ५८३ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ४२५ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
माइकल तामाङ (उज्यालो नेपाल पार्टी) – २०३
दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ४७
रुपा देवी बिष्ट (स्वतन्त्र) – ३६
सिता वि.क. (आम जनता पार्टी) – ९
कृष्ण बहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी) – ८
यादव सिंह (स्वतन्त्र) – ८
पुरन राना थारु (नेपाल कम्युनिस्ट पार्टी – माओवादी) – ८
राजा राम डगौरा चौधरी (राष्ट्रिय जनमोर्चा) – ५
देपेन्द्र बहादुर शाही (प्रगतिशील लोकतान्त्रिक पार्टी) – ५
दानियल वि.क. (संयुक्त नागरिक पार्टी) – ४
अनिल राना (स्वतन्त्र) – ४
हुम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – ३
कटक बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) – २
अन्य उम्मेदवारहरूले हालसम्म मत प्राप्त गरेका छैनन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।


ताजा समाचार

spot_img