दोधारा । स्वतन्त्रबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार बनेका भिमदत्त नगरपालिका– ६ ऐठपुरका थानेश्वर लेखक यति बेला चुनावी प्रचार प्रसारमा ब्यस्त हुनुहुन्छ् । प्रतिनिधि सभाका उम्मेदवारी दिनुभएको ४३ वर्षिय थानेश्वर लेखक आफ्नो चुनाव चिन्ह डस्टविन लिएर चुनावी मैदानमा उत्रिनुभएको छ् । लेखकको अरु उम्मेदवार भन्दा फरक शैलीमा चुनावी प्रचारमा दोधारा चाँदनी नगरपालिकामा पुग्नुभएको छ् । बिद्युतिय स्कुटरको पछाडी ठुलो डस्टविन बोकेर अगाडी नेपालको झण्डा बोकेर भिडभाड बिना एक्लै चुनावी प्रचारमा हुनुहुन्छ् ।

सामान्य घरपरिवारका उम्मेदवार लेखक देशको चरम बिन्दुमा पुगेको ब्यतीथी बिरुद्ध पहिलो पटक प्रतिनिधी निर्वाचनमा होमिएको बताउनुहुन्छ् । देशमा मौलाउदै गएको ब्यतीथी, भ्रष्टाचारलाई डस्टविनमा हाल्नका लागी चुनाव चिन्ह डस्टविन रोजेको उहाँले बताउनुभयो । राजनितिकमा खासै रुची नभएको बताउदै देशलाई जोगाउन हामी नेपाली एकजुट भएर लाग्नु पर्ने उहाँले बताउनुभएको छ् ।

कोरोना संक्रमणको बेला बिदेश नपाएपछि स्वदेशमा बसेर जिविकापार्जन गर्दै आउनुभएका उम्मेदवार लेखक सामाजसेवा गर्ने आफ्नो ईच्छा रहेको बताउनुहुन्छ् । सरकारी कार्यालयबाट उपलब्ध गराईने अनुदान अनुदानमा चरम भ्रक्ष्टाचार हुने, गरिब जनतालाई कुनै रोजगारी नपाईने भएको बताउदै देशको सेवा गर्ने मनसाय साथ उम्मेदवारी दिएको थानेश्वर लेखकले बताउनुभयो ।

लेखक डस्टविन र नेपालको झण्डा लिएर आसन्न निर्वाचनमा मत माग्न दोधारा चाँदनी नगरपालिकाको गाँउ, टोलमा देखिनुभएको छ् ।






